रेडियो नेपालका पूर्व कर्मचारी धाख्वाको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व कर्मचारी पद्मज्योति धाख्वाको ७३ वर्षको उमेरमा निधन भएको छ ।
मधुमेह र मुटु सम्बन्धी रोगबाट पीडित धाख्वाको उपचारको क्रममा आज भारतको नयाँ दिल्लीमा निधन भएको हो ।
रेडियो नेपालमा २०३३ सालदेखि सेवा सुरु गर्नुभएका धाख्वाले २०६४ सालमा प्राविधिक उपनिर्देशक पदबाट अनिवार्य अवकाश लिनुभएको थियो ।
उहाँका श्रीमती र तीन जना छोराछोरी हुनुहुन्छ ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीसहित रेडियो नेपाल परिवारले उहाँको निधनमा दुःख व्यक्त गर्दै परिवारजनमा समवेदनामा प्रकट गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्