सल्यानमा ८ महिनामा ५० दुर्घटना, १२ जनाको मृत्यु
सल्यान । सल्यानमा चालु आर्थिक वर्षको ८ महिनामा ५० सवारी दुर्घटना भएका छन् । जसबाट १२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ पुरुष, ५ महिना र १ बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका वरिष्ठ प्रहरी हवल्दार दीपक बोहराले जानकारी दिनुभयो । आठ महिनामा ४६ जना गम्भीर घाइते भएका छन् भने ९५ जना सामान्य घाइते भएको उहाँले बताउनुभयो ।
चालु आवको साउनदेखि फागुन १५ गतेसम्म २० मोटरसाइकल, बस, जिप कार, ट्याक्टर समान ६/ ६ वटा, ट्रक ४ र अन्य ८ गरी ५० सवारी साधन दुर्घटना भएको बोहराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्