तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतलाई हराउँदै जुम्ला प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

जुम्ला । जुम्ला प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जुम्लामा जारी प्रतियोगिताको आजको सुर्खेत र जुम्ला बीचको खेलमा निर्धारित समयमा १र१ गोल बराबर भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

खेलको ७ मिनेटमा  जुम्लाको टिमबाट जर्सी नम्बर ७  का खेलाडी रुविन भण्डारीले गोल गरेका थिए । भने खेलको  ७३ मिनेटमा सुर्खेतका जर्सी नम्बर १७ खेलाडी भरत नंगालले  गोल गरे । निर्धारित समयमा १/१ गोल बराबर भएपछि खेलको निर्णय पेनाल्टीमा गएको थियो ।

पेनाल्टी सुटआउटमा ५र५ गोल गरेपछि पुनः थप १/१ पेनाल्टीी गरिएको थियो ।

जसमा जुम्लाले सुर्खेतलाई १ गोल गर्‍यो । भने सुर्खेतको बल आउट भएपछि पेनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै सुर्खेत विजयी भएको छ । सुर्खेतसँग जितेसँगै जुम्ला प्रथम प्रदेश स्तरीय फुटबलको फाइनलमा प्रवेश गरेको छ । भोली फाइनल खेल्ने छ ।

आजको दोस्रो खेल कालिकोट र हुम्लाबिच हुँदै छ । जितेको टिमले जुम्लासँग फाइनल खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button