दुग्ध किसानका समस्या समाधानका लागी अर्थमन्त्रीलाई ज्ञापनपत्र
नवलपरासी पश्चिम् । आन्दोलनरत पश्चिम् नवलपरासीका दुग्ध उत्पादक कृषक हरुको समस्या र मागका विषयमा बर्दघाट नगरपालिकाले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ ।
पछिल्लो समय दूधको बजारीकरण र नियमित भुक्तानीमा समस्या देखिएपछि किसानहरू आन्दोलित भएका छन् ।परिश्रमको बजारीकरण मात्रै नभएर नियमित भुक्तानीमा समेत कठिनाइ हुन थालेपछि किसानहरुले बिरोध स्वरूप विभिन्न माग राख्दै सडकमै दूध पोखेर बिरोध जनाएका छन् ।
पश्चिम् नवलपरासी आउनु भएका अर्थमन्त्री डा.महतलाई बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दुग्ध उत्पादक कृषकका माग र समस्यामा विषयमा ज्ञापन पत्र बुझाउनु भएको हो ।
ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले सरकार मातहत रहेका सस्थानहरुलाई ॠण लगानी गरेर किसानको भुक्तानीका लागि प्रक्रिया अघि बढाइने बताउनु भयो ।निजी डेरी तथा खरिद कर्ताहरूबाट समेत बजारीकरण र भुक्तानीको वातावरण तयार गर्नका लागि सराकार लागि परेको उहाँको दाबी थियो ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दूधमा नगरपालिकाले किसानलाई प्रतिलिटर अनुदान दिएपनी सबै दूध नगरमै खपत हुने अवस्था नहुँदा प्रदेश र सङ्घमा समस्या समाधानका लागि पहल गरिएको उल्लेख गर्नु भयो ।”हामी दुग्ध उत्पादन किसानको समस्यामा गम्भीर छौ,प्रदेशलाई पनि पत्राचार गरेका छौ,अर्थमन्त्री ज्युलाई भेटेरै सबै कुरा भनेका छौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।
दुग्ध डेरी तथा सहकारीहरूले दूध नबिकेको भन्दै कृम काटेर दूध फर्काउने अवस्था रहेको छ ।पटक पटक बजारीकरण र भुक्तानीको समस्या भोगिरहेका यहाँका दुग्ध उत्पादक किसान विस्थापित हुने अवस्थामा छन् ।भने अर्का तिर दूधमा बिचौलियाका कारण किसान थप मर्कामा पर्ने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्