पाँचथर गोल्डकप : बागमतीलाई हराउँदै आयोजक फाइनलमा
पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा बागमतीलाई हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बागमती युथ क्लब सर्लाहीलाई १–० गोल अन्तरले पाखा लगाउँदै आयोजक पाँचथर क्लबले खेल जितेको हो । पाँचथर गोल्डकपको चौथो संस्करण सम्ममा पहिलो पटक आयोजक फाइनलमा पुगेको हो ।
आयोजकलाई जिताउन पहिलो हाफको अतिरिक्त समयमा रोशन आङ्देम्बेले निर्णायक गोल गरे । आयोजकका गोलकिपर मिराक खजुम म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

बिहीबार हुने दोस्रो सेमिफाइनल खेल आयोजक त्रिभुवन आर्मी क्लब काठमाडौँ र झापा एघार फुटबल क्लब झापाबिच हुनेछ । आयोजक पाँचथर क्लबले प्रदान गर्ने सुट आउट हिरोको पुरस्कार नवीन तुम्रोक र फ्यान अफ द म्याच को पुरस्कार लाखे ग्रुप पाँचथरले प्राप्त गरेका छन् ।
पाँचथर क्लबको आयोजनामा फागुन भइरहेको प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उप विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्