पाँचथर गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा हिल्स एकेडेमी भारतलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा हिल्स फुटबल एकेडेमी खर्साङ भारतलाई १–० गोल अन्तरले पाखा लगाउँदै त्रिभुवन आर्मी क्लबले खेल जितेको हो । आर्मीलाई जिताउन खेलको ४७ औँ मिनेटमा दिसान्त राईले निर्णायक गोल गरे । गोलकर्ता राई म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
बुधबार हुने पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर क्लब र बागमती युथ क्लब सर्लाहीबिच हुनेछ ।

आयोजक पाँचथर क्लबले प्रदान गर्ने सुट आउट हिरोको पुरस्कार कुनै पनि दर्शकले जित्न सकेनन् । फ्यान अफ द म्याच को पुरस्कार निकिता राईले प्राप्त गरेकी छन् ।
पाँचथर क्लबको आयोजनामा फागुन १२ देखि १९ सम्म हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उप विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी छन् ।








प्रतिक्रिया राख्नुहोस्