तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button