निजगढमा ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते
बारा । बाराको निजगढमा ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएका छन् ।
निजगढ नगरपालिका वडा नं.७ सहिद चोकस्थित रोहित वर्कसपमा काम गर्दै गरेको अवस्थामा आज मध्याह्न अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएका हुन् ।
घाइतेमध्ये दुईजना गम्भीर रहेका, एकको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको बताइएको छ । घाइते चारैजनाको निजगढ नगरपालिका वडा नं.९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घाइतेहरूको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्