तपाईँ सुन्दै हुनुहुन्छः

‘खेलमैदान निर्माणको काम चाँडै नसके लगानी गर्नुको औचित्य छैन’

पाँचथर । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले खेलमैदान निर्माणको काम चाँडै नसके लगानी गर्नुको औचित्य नरहेको बताउनुभएको छ ।

पाँचथर गोल्डकपको उद्घाटन गर्न पाँचथर आइपुग्नुभएका मन्त्री लिम्बुले धेरै खेल मैदानका योजनाहरू अपुरा रहेकोले चाँडै सम्पन्न गर्न ठेकेदारलाई आग्रह गर्नुभयो ।

पाँचथर गोल्डकप भइरहेको फिदिम मा.वि. को खेलमैदान बजेटको अभावले ४ वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेकोले आवश्यक बजेट विनियोजन गरिदिने मन्त्री लिम्बुले प्रतिबद्धता गर्नुभयो । फिदिमको खेल मैदान निर्माण सम्पन्न गर्न आवश्यक ७ करोड बजेटको व्यवस्था गरिदिने मन्त्री लिम्बुले बताउनुभयो ।

सरकारले गरेका राम्रा कामहरूको विरोध नगर्न मन्त्री लिम्बुले आग्रह गर्नुभयो । खेलकुद क्षेत्रको विकासका लागि सरकार सधैँ अग्रसर हुने मन्त्री लिम्बुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button