पाँचथर गोल्डकपमा आयोजकको विजयी सुरुवात
पाँचथर । पाँचथरको फिदिममा शनिवारबाट सुरु भएको चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विजयी भएको छ ।

नमोबुद्ध क्लब सप्तरीलाई ३–० गोल अन्तरले पाखा लगाउँदै आयोजक पाँचथर क्लबले खेल जितेको हो ।
आयोजकका शुक्रराज राईले खेलको ८, ३३ र ६१ औँ मिनेटमा मिनेटमा गोल गरेर ह्याट्रिक गरेका थिए । राई म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

सप्तरीले गोल गर्न पाएको अवसर गुमाउँदा प्रतियोगिताबाट बाहिरिएसँगै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाँचथर क्लबको आयोजनामा फागुन १२ देखि १९ सम्म हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।
मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्