तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । 

धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार रु एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुल लम्बाइ ६ सय मिटर लामो हुनेछ ।

 ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button