तपाईँ सुन्दै हुनुहुन्छः

घूस लिएको अभियोगमा नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । 

आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध रु दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।

त्यसैगरी, आयोगले बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध  पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button