राष्ट्रपतिद्वारा वैद्यनाथ धाम कोटीहोम ज्ञान महायज्ञको उद्घाटन
अछाम । राष्ट्रपति रामचन्द्र पौडेलले वैद्यनाथ धाम कोटीहोम ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ ।

महायज्ञको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले धर्म संस्कृतिको जगेर्ना गर्न र नेपालका प्रमुख ४ धाम मध्येको वैद्यनाथ धामको प्रचारप्रसार गर्न कोटीहोम ज्ञान महायज्ञले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कोटी होम मुल आयोजक समितिका संयोजक अछाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख, अछामबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, विभिन्न पालिका प्रमुख लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

धर्म, संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित आयोजना गरिएको कार्यक्रम फाल्गुन २५ गते सम्म चल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्