तपाईँ सुन्दै हुनुहुन्छः

अटिजम भएका ५३ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण 

चितवन । भरतपुरमा अटिजम भएका ५३ विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख अधिकारी भूपेन्द्र थापालगायतको उपस्थितिमा कापी, कलम, सहित खेलकुदका सामग्री वितरण गरिएको हो ।

अटिजम भएका बालबालिकाको शैक्षिक सुधारमा टेवा पुर्‍याउने उद्देश्यसहित महानगरपालिकाले शैक्षिक सामग्री वितरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो ।

भरतपुर बालमन्दिर अटिजम विशेष विद्यालयमा भएको कार्यक्रममा सोही विद्यालयका ४० जना र नारायणी नमुना माध्यमिक विद्यालयका १३ गरी ५३ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरिएको हो ।

कार्यक्रम बालमन्दिर अटिजम विशेष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेपाल बाल सङ्गठन चितवनका अध्यक्ष रविकिरण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button