तपाईँ सुन्दै हुनुहुन्छः

रनिङ शिल्डका पदक विजेतालाई बुढिनन्दाको सम्मान

बाजुरा । बाजुरा जिल्लास्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरूलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ ।

बुढिनन्दा नगरपालिकाको नगरसभा बाट पदक विजेतालाई सम्मान गर्ने निर्णय भए बमोजिम एक औपचारिक कार्यक्रमका बिच नगर प्रमुख जनक कुमार बोहोराले खेलाडीहरूलाई सम्मान गर्नुभएको हो ।

खेलाडीहरूको हौसला अभिवृद्धि गराइ खेल क्षेत्रको विकास गर्नाका लागि खेलाडीलाई पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।रनिङ शिल्डमा सहभागी मध्ये स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही १० हजार र रजत प्राप्त गरेका खेलाडीलाई ५ हजार नगद सहित सम्मान गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button