भारतको मानेभञ्ज्याङ ‘प्रथम ओएसिस महिला गोल्डकप’को विजेता
इलाम । भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीले इलाममा सम्पन्न ‘प्रथम ओएसिस महिला गोल्डकपको उपाधि जितेको छ ।

इलामस्थित ठुलो टुँडिखेलमा भएको फाइनल खेलमा इलाम रोङ गाउँपालिकाको दीपेन्द्र शिखर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै मानेभञ्ज्याङले उपाधि जितेको हो । मानेभञ्ज्याङको जीतका लागि सिम्रन गुरुङले २ र सुस्मिता लेप्चाले १ गोल गरे ।
विजेता मानेभञ्ज्याङले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता दीपेन्द्र शिखरले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा विधागततर्फ बेस्ट गोलरक्षक ग्युमरी तामाङ, बेस्ट फरवार्ड सिम्रन गुरुङ, बेस्ट डिफेन्डर निमिता गुरुङ र बेस्ट प्लेयर सोनिका मरक बने । सर्वाधिक गोलकर्ताको पुरस्कार मानेभञ्ज्याङकी सिम्रन गुरुङ र बिर्तामोड युनाइटेडकी समीक्षा मगरले पाए । यस्तै बेस्ट मिडफिल्डर सप्तरीको नमोबुद्ध युथ क्लबकी प्रतीक्षा राई बनिन । राइजिङ प्लेयर आयोजक ओएसिस फुटबल क्लबकी आयशा राई बनिन ।
विधागत तर्फका उत्कृष्ट खेलाडीले नगद ५/५ हजार रुपैयाँ प्राप्त गरे । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका मेयर केदार थापाले पुरस्कार प्रदान गर्नुभयो ।
क्लब ओएअसिसले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्