प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उहाँले प्रदेशलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो ।
संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अङ्गीकार गरेको भन्दै उहाँले गणतन्त्रात्मक व्यवस्थामा नागरिकको जीवन पद्धति र शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । संविधानले तीनै तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा विकसित हुने कुरालाई प्रमुख प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरु लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्