तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार ग्राम र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशबीच सूचना प्रसारणका लागि सम्झौता

विराटनगर । सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश विराटनगर र रेडियो नेपाल महानगर एफ.एम.विराटनगरबिच सीप परीक्षणसम्बन्धी सूचना प्रसारणका लागि सम्झौता भएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराइको उपस्थितिमा भएको सम्झौतापत्रमा मन्त्रालयका उपसचिव दामोदर फूँयाल र रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरका कार्यालय प्रमुख बलराम चौधरीले हस्ताक्षर गर्नुभयो ।

सीप परीक्षणसम्बन्धी सूचना रेडियो नेपाल १०३ मेगाहर्जमा महानगर एफ.एम. विराटनगर र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण गरिने सञ्चार ग्रामका कार्यक्रम अधिकृत नयराज नेपालले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराइले सूचना प्रसारणको प्रभावकारिता, रेडियो नेपालको प्रसारण पहुँच बारे चासो राख्नुहुँदै आगामी दिनमा पनि रेडियो नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोख्रेल, उपसचिव फणिन्द्र खत्री, प्राविधिक तथा व्यावसायिक शिक्षा शाखाका शाखा अधिकृत गोपाल प्रसाद दाहाल, शैक्षिक योजना तथा अनुसन्धान शाखाका शाखा अधिकृत यादवप्रसाद दुलाल, लेखा अधिकृत भोलानाथ नेपाल लगायत सञ्चार ग्रामका वरिष्ठ कार्यक्रम सहायक बलराम दाहाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button