तपाईँ सुन्दै हुनुहुन्छः

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाल्पा । पाल्पाको हात्तीलुङमा आज भएको टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

रुपन्देहीको देवदह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङको आर्थोकघाटमा दुर्घटना भएको हो ।

पाल्पाको रहवास–खैरेनी सडकअन्तर्गत भएको दुर्घटनामा टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थानका चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न माथागढी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button