तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारग्राम र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश बीच सूचना प्रसारणका लागि सम्झौता 

विराटनगर । सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश विराटनगर र रेडियो नेपाल महानगर एफ.एम. विराटनगर बीच सीप परीक्षण सम्बन्धी  सूचना प्रसारणका लागि आज सम्झौता भएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई  उपस्थितिमा भएको सम्झौतामा मन्त्रालयका उप सचिव दामोदर फूँयाल र रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरका कार्यालय प्रमुख बलराम चौधरीले हस्ताक्षर गर्नु भएको छ ।

सीप परीक्षण सम्बन्धी सूचना रेडियो नेपाल १०३ मेगाहर्जमा महानगर एफ.एम.विराटनगर र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण गरिने सञ्चारग्रामका कार्यक्रम अधिकृत नयराज नेपालले जानकारी दिनु भयो ।

सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भटराईले सूचना प्रसारणको प्रभावकारिता,  रेडियो नेपालको प्रसारण पहुँच आदीका बारेमा चासो राख्नु हुँदै आगामी दिनमा पनि रेडियो नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु थियो ।   

कार्यक्रममा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोख्रेल, उप सचिव फणिन्द्र खत्री, प्राविधिक तथा व्यावसायिक शिक्षा शाखाका शाखा अधिकृत गोपाल प्रसाद दाहाल, शैक्षिक योजना तथा अनुसन्धान शाखाका शाखा अधिकृत यादवप्रसाद दुलाल, लेखा अधिकृत भोलानाथ नेपाल लगायत  सञ्चारग्रामका वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालकोसमेत सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button