तपाईँ सुन्दै हुनुहुन्छः

नेत्रहीन राष्ट्रिय क्रिकेट : कर्णाली र कञ्चनपुर विजयी

नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा कर्णाली प्रदेश र कञ्चनपुर विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई २९ रनले पराजित गरेको हो । लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णालीले ६ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले जबाफी व्याटिङ्ग गर्दै १६ ओभरमा अलआउट हुँदा १२८ रन मात्र बनाएको थियो । प्लेयर अफ द म्याच कर्णालीका यज्ञ बहादुर थापाले ५७ रन बनाएका थिए ।

दोस्रो खेलमा कञ्चनपुरले बर्दियालाई हराएको हो । टस जितेर व्याटिङ्ग रोजेको कञ्चनपुरले ३ विकेटको क्षतिमा १९३ रन बनायो । बर्दियाले जबाफी व्याटिङ्ग गर्दै १७.४ ओभरमा अलआउट हुँदै १५७ रन मात्र बनाएको थियो । प्लेयर अफ द म्याच कञ्चनपुरका पदम बहादुर बडैलले १०४ रन बनाएका थिए । कञ्चनपुर ४२ रनले विजयी भएको हो ।

प्रतियोगिता नेत्रहीन क्रिकेट संघ नेपालको आयोजना भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button