दिपेन्द्र शिखर एफसी र भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसी फाइनलमा
इलाम । इलाममा जारी प्रथम ओएसिस महिला फुटबल प्रतियोगिताको उपाधिका लागि इलाम रोङको दिपेन्द्र शिखर एफसी र भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसी प्रतिस्पर्धा गर्ने भएका छन् ।

झापाको विर्तामोड युनाइटेड क्लबलाई ०–२ गोल अन्तरले पाखा लगाउँदै दिपेन्द्र शिखरले फाइनल यात्रा तय गरेको हो । दिपेन्द्र शिखरका लागि तमलिका सरकार र सुनिता सरकारले गोल गरे ।
अर्को सेमिफाइनल खेलमा मानेभञ्ज्याङले सप्तरीको नव बुद्ध एफसीको चुनौती समाप्त पार्यो । मानेभञ्ज्याङकी सिमरन गुरुङले गरेको एक मात्र गोल नै निर्णायक बन्दा मानेभञ्ज्याङले फाइनल प्रवेश पाएको हो ।
सोमवार हुने फाइनल खेलका विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउने छन् ।
ओएसिस क्लबले आयोजना गरेको प्रतियोगितामा भारतका २ सहित ८ टिमको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्