समाजवादी विचार अहिले पनि सान्दर्भिक : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजबादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले समाजवादी चिन्तन अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आज काठमाडौँमा आयोजना गरेको नेपाल–भारतको समाजवादी आन्दोलनमा डा. राममनोहर लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले समाजवादी विचारधारालाई अनुसरण गर्दै समाजमा पछाडि पारिएका वर्ग र समुदायको सशक्तीकरणका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले पछाडि परेका तथा विभेदमा पारिएका जनताको सशक्तीकरणका लागि आफूहरू लागिपरेको पनि बताउनुभयो ।
त्यस अवसरमा भारतका समाजवादी चिन्तक डा. सुनिलमले नेपालका समाजवादी शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न सके मात्र विभेदमा परेकाहरूको हक अधिकारका लागि धरै काम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापाले समाजवादी विचारलाई मूल मन्त्रका रुपमा लिएर जसपाले समाजमा जागरणका साथै जनताको हक अधिकारका लागि काम गर्दै आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्