तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक र राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र महामन्त्री द्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माको साङ्गठनिक र राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा प्रस्तुत प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम चलिरहेको छ ।

प्रस्ताव केन्द्रीय समितिले पारित गरेपछि महासमिति बैठकमा पेश हुनेछ । महासमिति बैठक यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने काँग्रेसले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button