तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक फागुन ८ देखि १० गतेसम्म हुने

काठमाडौँ । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले यहीँ फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

बैठकमा राजनीतिक, समसामयिक विषयको समीक्षा, सङ्गठनात्मक समीक्षा र जनतामा आधारित पार्टी निर्माण लगायतका एजेण्डामाथि छलफल हुने निर्णय भएको पनि महासचिव पोखरेलले बताउनुभयो । 

यस्तै पार्टीले सञ्चालन गरेको अभियान मिसन ग्रासरुटको प्रतिवेदन प्रस्तुत, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुनुका साथै अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, एमाले सचिवालय बैठकले केही विभागहरूमा पदाधिकारीहरूको मनोनयन समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button