तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीको केन्द्रको अधिवेशन सुझाव सङ्कलन जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको तेस्रो दिन आज पनि समूहगत छलफलबाट सुझाव सङ्कलन गरिँदै छ । 

काठमाडौँमा जारी विधान अधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि समूहहरूबाट सुझाव सङ्कलन कार्य जारी रहेको माओवादी केन्द्रले जनाएको छ ।  

आज बाँकी ७ समूहले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिनुहुने कार्यक्रम रहेको छ ।

बुधबार १३ वटा समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ ।

मङ्गलबारदेखि सुरु भएको विधान अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button