तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका केन्द्र पुग्ने सडक स्तरोन्नति हुँदै

पाल्पा।पाल्पाको निस्दी गाउँपालिकाको केन्द्र रहेको मित्यालसम्म पुग्ने सडक स्तरोन्नति हुने भएको छ । केम खाम्चा स्मृति सडकको नाममा मित्याल क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु भएको हो ।

यो सडक निमार्ण पूरा भएपछि पालिका भित्रकै विभिन्न वार्डहरू रामपुर हुँदै आफ्नो पालिका केन्द्र मित्याल पुग्नुपर्ने बाध्यता अब अन्त्य हुने स्थानीयको आशा छ । सडक स्तरउन्नती भएपछि बाकामलाङ्ग, झिरुवास, सहलकोट क्षेत्रका स्थानीयलाई गाउँपालिका केन्द्र मित्याल जान आउन सहज हुने भएको छ ।

रामपुर हुँदै पालिका कार्यालय पुग्न ४० किलोमिटरको यात्रा तय गर्नुपर्नेमा अब १८ किलोमिटरमै पालिका पुगिने गरी सडकको स्तरोन्नति भइरहेको बाकामलाङ्गका स्थानीय भेषराजबहादुर पोखरेलको भनाइ छ । निस्दी गाउँपालिकाले सबै वडा समेट्ने गरी सुरु गरेको ४३ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएपछि स्थानीय खुसी भएका हुन् ।

दुई वर्षभित्र सडक स्तरोन्नति सक्नेगरी सडकमा नाली निर्माण, मेसिनरी वाल, ग्याभिन भर्ने, ह्युम पाइप राख्ने लगाएतका कार्य धमाधम भइरहेको छ । जसका लागी १५ करोड ६४ लाख ६९ हजार ८ सय ३९ रुपैयाँमा सम्झौता भएर काम धमाधम अघि बढेको निस्दी गाउँपालिकाले जनाएको छ ।

यो सडकले पालिका भित्रका ७ वटा वार्ड मध्य ६ वटा वार्ड समेट्ने गरि गाउँपालिकाले गौरवको योजनाका रुपमा अघि बढाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button