तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राम क्षेत्रमा गरिएका सबै सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रमा गरिएका सबै सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित आज बसेको समितिको बैठकले रामग्राम क्षेत्रमा गरिएका सम्झौताका सबै कार्य कानुनी रूपले त्रुटिपूर्ण र विवादास्पद भएकाले आजैका मितिदेखि लागू हुने गरी सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले युनेस्कोको मापदण्ड र कानुनी प्रक्रिया अनुसार मात्र निर्माण कार्य गर्न र मापदण्ड विपरीत भएका उत्खनन र संलग्नमाथि अनुसन्धान गर्न समितिले निर्देश गरेको छ ।

समितिले रामग्राम क्षेत्रमा जग्गा अधिग्रहण गर्नका लागि सरकारसँग बजेटको व्यवस्था गर्न पनि निर्देशन गरेको छ ।

यस्तै, आजको बैठकले एनसेलसँग सम्बन्धित समितिले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button