विद्यमान ऐन नियममा समयानुकूल परिमार्जन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियममा समयानुकूल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले मानव तस्करी नियन्त्रण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले भिसा समस्या समाधान गर्न, भिक्षुहरूलाई विविध भिसा र श्रम भिसा दिनुभन्दा आवश्यक ऐन नियम परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
विमानस्थल लगायतका ठाउँमा अध्यागमन सरल र सहज बनाउन आवश्यक पहल गर्न, सडकमा रहेका माग्नेलाई व्यवस्थापन गर्न, खुला सीमा व्यवस्था कडा बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी विमानस्थलमा अपुग जनशक्ति व्यवस्थापन गर्न र बाहिरबाट आउँदा भिड नदेखिने गरी सहज बनाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।
यस्तै, राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न, सीमा व्यवस्थापन र सञ्चलन ऐन बनाउन निर्देशन दिने र अन्तर्राष्ट्रिय प्रचलनलाई ध्यान दिँदै अध्यागमन कार्यालयलाई अझै व्यवस्थित गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्