तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल जारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  सुरक्षण मुद्रण सेवासँग सम्बन्धित संवेदनशील विषयको गोपनीयता कायम नगर्नेलाई कानुनतः कार्यान्वयन गर्न सकिने दण्ड सजायको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री शर्माले सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकमा राहदानी, बैङ्क नोट, नागरिकता, सवारी अनुमति पत्रलगायतका राष्ट्रिय महत्वका सामाग्री उत्पादन सेवामा संलग्नहरूले गोपनीयता कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा समितिका सांसदहरु छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, विद्या भट्टराई, ईश्वरी जिएम, सुमना श्रेष्ठलगायतले विधेयकमा दण्ड सजायलाई स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

समितिकोमा सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button