नेपालको पाँच वर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउँदै विश्व बैङ्क
काठमाडौँ । राष्ट्रिय योजना आयोग र विश्व बैङ्कबिच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे आज छलफल गरेको हो ।

छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैङ्क लगायत विकास साझेदारहरूका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । विकास–निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले सबै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिन नहुने बताउनुभयो ।
विश्व बैङ्ककी नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैङ्कको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्