तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाह रोक्न छोरी जन्मे पालिकाले २५ हजार खातामा जम्मा गरिदिने

नवलपरासी,पश्चिम् । शिक्षाको अवसरबाट मूलतः बालिकाहरू वञ्चित नहोउन् र यसले चेतनाको बिकास सँगै बालविवाह न्यूनीकरणका लागि समेत अहम भूमिका खेलोस् भन्ने उद्देश्य अनुरुप “छोरी सुनौलो भविष्य कार्यक्रम “मार्फत सुस्ता गाउँपालिकाले छोरी जन्मेपछि २५ हजार रुपैयाँ खातामा जम्मा गरिदिने गरेको छ ।

ऐन नै बनाएर गाउँपालिकाले यसलाई अभियानकै रुपमा अघि बढाएको छ ।छोरी जन्मिने बित्तिकै ३५ दिनभित्र जन्मदर्ता गरिनु पर्ने,संस्थागत परिक्षण र सुत्केरी भएको हुनुपर्ने,कक्षा १२ सम्म अध्ययन गराउनु पर्ने,दुई सन्तानमात्र भएको हुनुपर्ने लगायतका सर्तहरू कार्यविधिमा समेटिएको गाउँपालिका उपाध्यक्ष गीता चौधरीले बताउनु भयो ।आवश्यक मापदण्ड र कागजात पुर्‍याएर पालिकाले मुद्दती खाता खोलेर रकम जम्मा गरिदिने गरेको र उक्त रकम २० वर्षपछि मात्र निकाल्न पाईने छ ।

आवेदन दिएका मध्ये ६० जनाको रकम डिपोजिट भैसकेको पालिकाले जनाएको छ ।भारतीय सिमासगै जोडिएको ग्रामीण क्षेत्र भएकाले बालविवाह न्यूनीकरणका लागि कठिन भएको पालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनु भयो ।यो योजनाबाट बालबालिकाको न्यूनीकरण सँगै छोरीलाई हेर्ने दृष्टिकोण समेत फेरिने विश्वास लिइएको अध्यक्ष उपाध्यायले बताउनु भयो ।रामग्राम नगरपालिकाले पनि यो अभियानलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button