तपाईँ सुन्दै हुनुहुन्छः

निकुञ्ज क्षेत्रमा निर्माणको कामलाई सहज बनाउन छलफल भइरहेको छ : मन्त्री ज्वाला

नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाउन समस्या देखिएकाले समाधानका लागि संसद्मा छलफल भइरहेको बताउनुभएको छ ।

बाँकेको चप्परगौडी–निबुवा हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको आज अनुगमन गर्ने क्रममा मन्त्री ज्वालाले निकुञ्जको विद्यमान नीतिलाई संशोधन गरेर भएपनि समस्या समाधान गर्ने बताउनुभयो । 

उहाँले उक्त सडकखण्डमा पर्ने वन क्षेत्रको समस्या पनि समाधान गरिने बताउनुभयो । सडकको कामको प्रगति र कठिनाइ बुझ्न आफू स्थलगत अनुगमनमा आएको बताउँदै मन्त्री ज्वालाले द्रुत गतिमा गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

चालू आर्थिक वर्षमा उक्त सडकका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले अहिले दायाँबायाँ पक्की नाली निर्माण, माटो पटान लगायतको काम भइरहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button