विश्व सिमसार दिवसमा बाँकेस्थित कन्वा तालमा विभिन्न कार्यक्रम गरिने

बाँके । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरामा रहेको हरित संस्था (एलुमुनि एसोसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्ट)ले माघ २४ र २५ गते यस वर्षको विश्व सिमसार दिवस मनाउने भएको छ ।
हरेक वर्ष फेब्रुअरी २ मा मनाइने विश्व सिमसार दिवस यो वर्ष बाँके जिल्लामा अवस्थित सुतौया (कन्वा) तालमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको संस्थाका अध्यक्ष धिराजन परियारले बताउनुभयो ।
यो वर्ष ‘सिमसार–मानव हितको आधार’ भन्ने मूल) तालको दिगो विकास, संरक्षण र व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बाँके, बैजनाथ गाउँपालिका बाँके, देउराली जन आश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह तथा अन्य संघ संस्थाको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
सीमसारले पर्यावरण सन्तुलन, पानी शुद्धीकरण, वन्यजन्तुको बासस्थान, मनोरञ्जन, अनुसन्धान तथा शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । सिमसार मुख्यतः पानीमा आश्रित चरा, जीवजन्तुका लागि नभई नहुने तत्त्व भएको अध्यक्ष परियारको भनाई रहेको छ ।
कार्यक्रम सफल बनाउन संस्थाका सबै सदस्यहरूले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न अध्यक्ष परियारले आग्रह समेत गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्