तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षदेखि हराएको छोरा खोजिदिन आग्रह 

विराटनगर । मोरङ कटहरी गाउँपालिका ३ का ३५ वर्षीय रामप्रसाद राजवंशी लाई बेपत्ता पारिएको भन्दै उनका आमा बुबाले आफ्नो छारो खोजिदिन सरकारसँग आग्रह गर्नु भएको छ ।

तीन वर्षदेखि बेपत्ता अवस्थामा रहेका छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएपनि उनको खोजीमा प्रहरीले चासो नदेखाएको राजवंशीका बुबा कल्पनाथ राजवंशीले बताउनुभयो 

रामप्रसाद राजवंशीका ६५ वर्षीय बुवा कल्पनाथ राजवंशी ६० वर्षीय आमा जानकीदेवी राजवंशीले आज विराटनगरमा पत्रकार सम्मेलन गरि आफ्नो छोरालाई काम लगाइदिने भन्दै ललाईफकाई उनका छिमेकी फर्मेस भन्ने रोकी राजवंशीले २०७७ साल कार्तिक ३ गते हेटौडा लगेको र त्यत्तिखेर देखिनै छोरा सम्पर्कमा नआएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा पीडित परिवारले राज्यको उदासीनता प्रति गुनासो गर्दै रुवाबासी गर्नुभयो ।

२०७७ कार्तिक ३ गते स्थानीय रोकी राजवंशीले रामप्रसाद राजवंशीलाई हेटौँडाको जय माँ दुर्गा टायर रिसोलिङ सेन्टरमा जागिर लगाई दिन कटहरीबाट हेटौँडा पुर्‍याएका थिए । त्यसपछि रामप्रसाद राजवंशीसँग उनको परिवारको सम्पर्क छैन ।

स्थानीय ठेकेदार फर्मेस भन्ने रोकी राजवंशी अहिले पनि बेला बेलामा घर कटहरी आएर फर्किने गरेका छन् । पीडित परिवारले रामप्रसाद राजवंशी खोइ भन्ने प्रश्न गर्दा अहिले पनि काम गरी रहेको र मेरो सम्पर्कमा नरहेको जवाफ फर्काई रहेका छन् । २०७७ सालमै पीडित परिवारले फर्मेसका विरुद्ध मोरङ प्रहरीमा उजुरी दिएका थिए ।  तर अहिले सम्म रोकी राजवंशी विरुद्ध प्रहरी कारबाही गर्न नमानेको पीडित परिवारको गुनासो छ ।

रामप्रसाद राजवंशीका  ३० वर्षीय श्रीमती रेखादेवी राजवंशी, ११ वर्षीय जेठा छोरा बादल राजवंशी र ७ वर्षीय कान्छो छोरा आर्यन राजवंशी रहेका छन । बुबा बेपत्ता भएपछि छोरा हरुले बुबालाई खोज्ने गरेको आमा रेखादेवी राजवंशीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button