तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न  

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको पाँच दिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० गए राति सम्पन्न भएको छ । 

मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र मैथिली विकास कोषको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा भएको पाँच दिवसीय महोत्सवमा कार्यक्रममा विभिन्न सत्रहरूको आयोजना सहित सम्पन्न भएको छ । 

कार्यक्रममा प्रत्येक दिन विभिन्न समसामयिक विषयहरूमा विज्ञहरुको सहभागितामा छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरिएको समापन कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले महोत्सव सफल बनाउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेश प्रदेशमा सबै भन्दा बढी लोलिने मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउनका लागि आफूले पहल गर्ने बताउनु भयो । 

करिब आधा करोड खर्च हुने अनुमान गरिएको महोत्सवका लागि प्रदेश सरकारले २० लाख तथा जनकपुरधाम उपमहानगरपालिकाले १० लाख सहयोग गरेका थिए । बाँकी भएका २२ लाख मैथिली विकास कोषले नै व्यहोर्ने जानकारी कोषले दिएको छ । 

माघ १८ गतेबाट शुरु भएको साहित्य महोत्सवमाको समापन कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री शत्रुधन महताे सहितले बोल्नु भएको थियो ।  समापन कार्यक्रम मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

मैथिली विकास कोषले आयोजना गरेको पाँच दिवसीय कार्यक्रमले भाषा, साहित्य तथा संस्कृतिको समृद्धि मार्फत पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने आशा गरिइएको छ । महोत्सव अवधि नेपाल भारतका चर्चित कलाकार, गायक तथा सङ्गीतकारहरू, नर्तक तथा नर्तकीहरु सहभागी भएर आ–आफ्नो कलाको प्रदर्शन गरेका थिए । 

नेपाल भारतमा नै प्रख्यात रहेका मिथिला नाट्य कला परिषद्को नाटक जोगाड नमक नाटक मञ्चन गरेका थिए । जोगाड नाटकमा सहभागी भएका कलाकारको अभिनय निक्कै सशक्त रहेका थिए । नेपाल भारतका विभिन्न नाट्य संस्थाहरूले विभिन्न भाषाहरूमा नाटक प्रदर्शन गरेका थिए । मिनापको नाटक निक्कै सशक्त रहेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button