तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटनाहुँदा नापी कार्यालय मलंगवाका प्रमुखसहित ११ जना घाइते

मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ११ गम्हरीयामा जीप दुर्घटनाहुँदा ११ जना घाइते भएका छन् । सवारी दुर्घटनामा परी नापी कार्यालय मलंगवाका कार्यालय प्रमुख संजय मानन्धरसहित ११ जना घाइते भएका हुन् । 

घाइतेहरूमध्ये चार जनाको अवस्था चिन्ता जनक रहेको प्रहरीले जनाएको छ । केही समय अघि ज २ ट १०६७ नम्बरको उखु बोकेको ट्याक्टर मलंगवा सडक खण्डहुँदै नवलपुरतर्फ गइरहेको र नापी कार्यालयको कर्मचारीहरू सवार बिआर ०६ बिपी ९६४८ नम्बरको भारतीय सफारी गाडी नवलपुरबाट मलंगवातर्फ गइरहेको समयमा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

घाइते हुनेहरूमा नापी कार्यालयका प्रमुख मानन्धर, वैद्यनाथ राउत, अजय कुमार यादव, बैजु यादव , रामलाल साह, सञ्जीव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय रहेका छन् । घाइते सबै जना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको छ ।

घाइतेहरूमध्ये सिकिस्त ४ जनासहित ७ जना प्रादेशिक अस्पताल मलंगवामा उपचार गराई थप उपचारको लागि बीरगंज तथा काठमाडौँको लागि रेफर गरिएको छ भने अन्य विरामीको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ  । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button