तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै शिक्षा दिएर विभेद गर्न हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नो सम्पत्ति दान गरेर बनाएको विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद गर्न नहुने बताउनु भएको छ ।

मोरङको सुन्दरहरैंचा– ६ स्थित दुलारीमा रहेको साजिलाल माध्यमिक विद्यालयको ५८ अ‍ौं वार्षिकोत्सवमा मुख्यमन्त्री कार्कीले विद्यालयको विद्यालयमा विभेद विरुद्धको विद्रोहको बिउँ किन रोपिरहेको भन्दै प्रश्न गर्नुभयो  । 

एउटै विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यममा पढाएर अबोध बालबालिकाको मनमा धनी र गरिबबिचको खाडल किन खनिरहेका छौँ, उहाँले भन्नुभयो । 

गरिबको करले विभेदकारी शिक्षा दिन पाइन्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गर्नु भएको हाे । गरिबको करबाट चलेको विभेदकारी विद्यालयमा प्रदेश सरकारले कुनै लगानी गर्दैन,उहाँले भन्नुभयो  साजिलालले विभेद विरुद्ध विद्यालय स्थापना गर्नुभएको थियो तर अहिले त्यही विद्यालयमा विभेदकारी शिक्षा किन ?

अङ्ग्रेजी राम्रो जान्नेले महिला हिंसालगायतका अपराध गर्दै हिँडेका छन् ,मुख्यमन्त्री कार्कीले भन्नुभयो ज्ञानको मापन व्यवहारबाट हुन्छ, सर्टिफिकेटबाट हुँदैन । अहिलेसम्म संसारमा मानव जीवन सहज बनाउने भए गरेका सिर्जना विद्यालय शिक्षा र किताबी ज्ञानले नभई प्रकृतिबाट शिक्षा लिएर मात्रै गरेको उहाँको भनाई थियो ।

अहिले विद्यालयका चौर र खेल मैदान मासेर सटर निर्माण भइरहेको देख्दा उदेक लागेर आउने गरेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

किताबी ज्ञानभन्दा पनि प्राकृतिक र प्रयोगात्मक शिक्षाले मात्रै ज्ञान प्राप्त हुने गरेको हाम्रा शिक्षकले बुझ्नु आवश्यक रहेको उहाँको भनाई थियो । 

प्रदेश सरकारले सडकको योजना काटेर १० वर्षमुनिका बालाबालीकाको निःशुल्क उपचार, शैलजा आचार्य हृदयरोग केन्द्र, महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहनलगायतका मानवीय विकासका योजना ल्याएर सडकको विकास गर्भमा पुर्याएको मुख्यमन्त्री कार्कीको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button