संसदीय गतिविधि थप प्रभावकारी र परिणाममुखी हुने सभामुखको विश्वास
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भई कानुन निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्वपूर्ण विधेयकहरू पारित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सभामुखले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र जबाफदेहिता अपनाउँदै संसद् गतिविधि र अभ्यासलाई परिणाममुखी एवं उन्नत बनाउन आग्रह गर्नुभयो । यस अधिवेशनदेखि कार्यतालिका लागु गरी नयाँ अभ्यास सुरु गरिएको उहाँले बैठकलाई जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्