विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो २९८ रनको चुनौती

काठमाडौँ । आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई जितका लागि २९८ रनको चुनौती दिएको छ ।
दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९७ रनको योगफल बनायो ।
भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी आदर्श सिंहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए ।
नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।








प्रतिक्रिया राख्नुहोस्