तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा, कार्य व्यवस्था परामर्श समितिको बैठक : हिउँदे अधिवेशनका लागि संभावित कार्यतालिका स्वीकृत

काठमाडौँ । आज बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन महिनाको संभावित कार्यतालिका स्वीकृत गरेको छ ।

बैठकले संसद्को आउने अधिवेशनमा सरकारले कति वटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद् अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधिन अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने भन्ने विषय टुङ्गो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button