अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, सदन सञ्चालनबारे छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुबीच भेटवार्ता भइरहेको हो ।
भेटमा दुई नेताबिच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भइरहेको बताइएको छ । संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरु हुँदै छ ।








प्रतिक्रिया राख्नुहोस्