हिमपात र वर्षाका कारण नेपालगन्जबाट कर्णालीमा हुने उडान प्रभावित

बाँके । कर्णालीका हिमाली जिल्लामा बिहानैदेखि भएको हिमपात र वर्षाका कारण यहाँको हवाई उडान प्रभावित भएका छन् । नेपालगन्जबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पामा दैनिक हुने उडान प्रभावित भएका हुन् ।
नेपालगन्जदेखि तारा, सीता, समिट एयरलाइन्सले कर्णालीका हिमाली जिल्लामा नियमित उडान गर्दै आएका छन् । हिमपात र वर्षाले नेपालगन्जदेखि हुने हवाई उडान नभएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
हिमपात र वर्षाले हवाई सेवा अवरुद्ध भएपछि तराई झर्ने यात्रु र मुगु, हुम्ला जाने यात्रु विमानस्थलमा रोकिन बाध्य भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्