सुरक्षण मुद्रण विधेयकमाथि संशोधनकर्ताको संशोधन प्रस्तुत

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकभित्रै राहदानी, नोट, सवारी अनुमतिपत्र र राष्ट्रिय परिचयपत्रलगायतका सामग्री सुरक्षित रुपमा छपाइ गर्ने गरी सरकारले सुरक्षित मुद्रण विधेयक ल्याएको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री शर्माले सुरक्षाको हिसाबले संवेदनशील रहेका सामग्री मुलुकभित्र छपाई गरिँदा ठूलो राजस्व बाहिर जानबाट जोगिने र दक्ष जनशक्तिको पनि मुलुकभित्रै सदुपयोग हुने बताउनुभयो ।
समितिको बैठकमा सांसदहरु धु्रबबहादूर प्रधान, प्रेम सुवाल, रघुजी पन्त, राजेन्द्र केसी र रोशन कार्कीले सुरक्षण मुद्रणमा कर्मचारी नियुक्त गरिँदा उनीहरूको विगतलाई समेत अध्ययन गरिनुपर्ने, सुरक्षण मुद्रण सुरु भएको दुई वर्षभित्र जनक शिक्षा सामग्री केन्द्रसँग मर्ज गरिनुपर्ने सुझाव पेस गर्नुभयो ।
सरकारले राहदानी, सवारी अनुमति पत्र, अन्तशुल्क स्टिकर राष्ट्रिय परिचय पत्रलगायतका सुरक्षाको हिसाबले राष्ट्रिय महत्व रहेका सामग्री गोपनीयता कायम हुने गरी सरकारसँग अनुमति लिएर स्थापना भएका निजी मुद्रण संस्थालाई पनि दिन सकिने व्यवस्था विधेयकमा समावेश गर्न सुझाव दिनुका साथै एटिम, रिचार्ज कार्ड तथा कतिपय पाठ्यपुस्तक र प्रश्न पत्रहरू पनि सुरक्षण मुद्रणका लागि स्थापना भएका छापाखानाले छपाइ गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले पछिल्लो समय हुलाक टिकटको उपयोगितामा ह्रास आइरहेको र कागजी नोटको कारोबार इबंैकिङ प्रणालीतिर गइरहेकाले एक सय, ५० र २० का नोटहरू मात्रै छाप्न सकिने गरि विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्