स्वीजरल्याण्डमा सुवास आचार्यको एकल चित्रकला प्रदर्शनी
काठमाडौँ । युवा कलाकार सुवास आचार्य ‘आगमन’ को सप्ताहव्यापी ‘ विवण्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी यही माघ ११ गते हेलाई आर्ट ग्यालरी उस्टर, स्वीजरल्याण्डमा आरम्भ भएको छ ।

हिमचुली एसोसियसन तथा नेपाल स्विस चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको प्रदर्शनीमा अध्यात्म तथा पूर्वीय चिन्तन परम्परासँग सम्बन्धित एके्रलिक तथा तैल रङ्गद्वारा सिर्जित १९ चित्रहरू रहेका छन् ।
कला प्रदर्शनीका साथमा कलाकार आचार्यले उस्टर र जुरिकमा नेपालीकलाका बारेमा कार्यपत्र प्रस्तुति तथा कार्यशाला सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

कोरोना महामारीको समयमा गाउँमा सिर्जना गरेको आफ्नो कलालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्न पाउनु आफ्नो लागि गर्वको विषय रहेको धारणा कलाकार आचार्यले व्यक्त गरेका छन् ।
चित्रकला बिक्रीबाट प्राप्त रकम नेपालमा अपाङ्गता तथा जलवायु परिवर्तन सँग सम्बन्धित विषयहरूमा आयोजक संस्था मार्फत खर्च गरिनेछ ।






प्रतिक्रिया राख्नुहोस्