जीप दुर्घटना हुँदा सिन्धुपाल्चोकमा दुई जना भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुजर जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको हो। दुर्घटनामा ४ जना घाइते भएका छन् । ।
डिएसपी निरञ्जन भट्टराईका अनुसार मृत्यु हुने भुटानी नागरिक बर्ष ३३ को अब्गे र बर्ष र ७१ बर्षकी वाङमो रहेका छन् ।
घाइते हुनेमा हेलम्बु गाउँपालिका २ का ४२ वर्षीय जीप चालक रामचन्द्र भण्डारी, भुटानी नागरिक बर्ष ७४ को हाइज , ४२ बर्षिया पुमा छिरिङ,र बर्ष ६५ कि गुची रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्