पूर्वप्रधानमन्त्री ओली भोलि सिन्धुपाल्चोक आउनुहुने
सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न अध्यक्ष ओली भोलि बुधबार सिन्धुपाल्चोक आउन लाग्नु भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयताको झल्को दिने गरि निर्माण भएको भवन उद्घाटन गर्न अध्यक्ष ओली आउनु हुने पालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिनुभयो ।
अध्यक्ष ओली श्रीमती राधिका शाक्यसहित काठमाडौँबाट हेलिकोप्टरमा बिहान पाँचपोखरी आउनु हुनेछ । अध्यक्ष लामाका अनुसार अध्यक्ष ओलीले सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र पाँचपोखरीको पाँचै वटा कुण्डको अवलोकन गर्नुहुनेछ ।
समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको पाँचपोखरी दर्शन र अवलोकन पश्चात् अध्यक्ष ओलीले बिहान ११ बजे नवनिर्मित भवनको उद्घाटन गर्नुहुनेछ ।








प्रतिक्रिया राख्नुहोस्