तपाईँ सुन्दै हुनुहुन्छः

शहीदका सपना पूरा गर्न सबै दल एक हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ I प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

शहीद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरूको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत नभएको बताउनुभएको हो । राणा शासनलाई अन्त्य गर्न आफ्नो जीवन आहुति दिने अमर शहीदहरू दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले  नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तिका लागि आफ्नो जीवन अर्पण गरेका शहीदले देखेको समृद्धिको सपना पूरा गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने जनाउनुभयो ।

“विभिन्न तह र तप्काअनुसार सबैको भूमिका संविधानले नै प्रस्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पूरा गर्ने हो भने शहीदप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ”, उहाँको सन्देशमा भनिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button