आहा रारा पोखरा गोल्डकप : जावलाखेलद्वारा मनाङ मर्स्याङ्दी पराजित
कास्की । मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
टाई ब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जावलाखेलका गोलरक्षक युनेश चौधरीले बचाए र टिमलाई सेमिफाइनल पुर्याए ।

यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि थपिएको अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाई ब्रेकरमा पुगेको थियो ।
खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औँ मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अन्तिममा आएर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
उनले ८९ औँ मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । आहा रारामा जावलाखेलले १२ वर्षपछि हारको बदला लिएको हो ।








प्रतिक्रिया राख्नुहोस्