तपाईँ सुन्दै हुनुहुन्छः

चिसोका कारण जनकपुरधाममा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा एक जना वृद्धको चिसोका कारणले मृत्यु भएको छ ।

जनकपुरधामको वडा नंं १० जानकी चौक एरियामा अन्दाजी ५०–५५ वर्षको जस्तो देखिने पुरुषको चिसोबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले मृतक पुरुष जनकपुरधाममा विगत केही समय देखि मागेर खाने गरेका थिए । सडकमा नै मागेर खाने तथा सुत्ने गरेका कारणले चिसो लागेर उनको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button